भ्रामक र तथ्थहिन समाचार प्रकाशन गरेर प्रदेश पाँचका सभामुख घर्तीको चरीत्र हत्या!
वि.सं.२०७७ साउन ३० शुक्रवार १४:५७
shares

बुटवल । प्रदेश नं. ५ का सभामुखविरुद्ध भ्रामक र तथ्यहीन समाचार शृङ्खलाबद्ध रुपमा आएको भन्दै खण्डन गरेको छ ।
प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीको चरीत्र हत्या गरिएको भन्दै सभामुख सचिवालयले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुटवलबाट प्रकाशन हुने एक र काठमाडौंबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा प्रकाशित समाचारबारे प्रदेश सभाको सार्वजनिक लेखा समितिको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रदेश नं. ५ का प्रदेशसभाका कर्मचारीले कानून विपरीतको सुविधा लिएको भन्ने समाचार प्रकाशन भए पछि प्रदेश सभा सचिवालयको सार्वजनिक लेखा समितिले छानबिन थालेको थियो । उक्त विचारधिन विषयलाई नि प्रभावित हुने गरि समाचार शृङ्खलाबद्ध रुपमा प्रकाशित भएपछि सभामुख सचिवालयले विज्ञप्ति नै सार्वजनिक गर्दै खण्डन गरेको छ ।
लेखा समितिले बुधबारको बैठकमा सचिव पुनसहित लेखा अधिकृत आलोक अग्रहरीको प्रारम्भिक बयान लिँदै छानबिन थालेको थियो ।प्रदेशसभामा पछिल्लो २३ महिनामा ६३ लाख हाराहारीमा गाडी मर्मत खर्च भएको, प्रदेशसभाका सचिव पुन, लेखा अधिकृत अग्रहरी, स्टोर शाखा लगायत गाडी मर्मतमा चार कर्मचारीको प्रत्यक्ष संलग्नता, एक्स्पोको नाममा थुप्रै फर्जी बिल पेश गरेर लाखौं रकम हिनामिना गरेको, प्रदेशसभाका अनियमितताको विषयमा पत्रकारहरुलाई सूचना दिने कर्मचारीको सरुवा गर्न सभामुख पूर्णबहादुर घर्तीले निर्देशन दिएका जस्ता विषयहरु समेटेर अन्नपूर्ण पोष्ट दैनिक र लुम्बिनी दैनिक पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।
सरकारी अड्डामा हुने गतिविधि र सूचनाको हक विधि र प्रक्रियाअनुसार लिने र दिने प्रावधान सबैलाई रहेको भन्दै सभामुख सचिवालयले कुनै कर्मचारीलाई दण्डित नहुने जनाएको छ ।
सूचना दिएको भन्दै कर्मचारी सरुवा गर्न निर्देशन दिएको भन्ने आरोप निर्धार रहेको जनाएको छ। सभामुखको तीन गाडी रहेको र स्ट्रोम गाडी चढ्ने गरेको समाचारसमेत निराधार रहेको सभामुख सचिवालयले जनाएको छ।
आफै उजुरी कर्ता, आफै विज्ञ, आफै न्यायाधीश बनेर ठोकुवा गर्दै तथ्थहिन समाचार प्रकाशन गरेर सभामुख घर्तीको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित भएको सभामुख सचिवालयको दाबी छ ।
कुनै पनि सूचना सत्य तथ्यमा आधारित हुनु पर्नेमा आधारहिन सूचना सम्प्रेषण र प्रकाशन गरेर सभामुख पुर्ण बहादुर घर्तीको चरीत्र हत्या गर्न खोजिएको सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।






























