बार्यनद्वारा बार्सिलोनाको ‘रामधुलाई’
वि.सं.२०७७ साउन ३१ शनिवार ०८:४०
shares

स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ। बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो ।
लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले बार्यन म्युखिनबाट ८ गोल खाएर स्तब्ध भएको हो । सातौँ मिनेटमा बार्यनका डेविड अलाबाले आत्मघाति गोल गरेका थिए ।
चौथो मिनेटमा खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक गोल फर्काए ।
बार्यन म्युनिकका लागि थोसम मुलर र फिलिप कोन्टिन्होले दुई–दुई गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । पेरिसिकले २१ औँ, सर्गेई ग्नाब्रीले २७ औँ, जोशुआ किमिचले ६३ औँ तथा रोबर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा गोल गरेका हुन् । बार्यनका सामु बार्सिलोना निकै निरिह देखियो । बार्यन म्युनिख बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा पाँच भन्दा धेरै गोल गर्ने पहिलो टिम हो ।































