नेपालमा काेराेना संक्रमितको कुल संख्या २६ हजार ६६० पुग्याे

8.53K
shares

थप ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।

उनका अनुसार उपत्यकाका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन् ।

यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083