गेरुवा नदीमा एक जना बेपत्ता

13.36K
shares

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका –४ गोविन्दपुरका एक व्यक्ति गेरुवा नदीमा बेपत्ता भएका छन् ।

नदीमा दाउरा छोप्ने क्रममा आज बिहान ११ः३० वजे गेरुवा गद्दीटोल घाटबाट ४२ वर्षीय अन्तराम चौधरी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

चौधरी नदीमा डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083