जहाँ विवाह पछि सबै दाजुभाइ सँग पालैपालो संभोग गर्नु पर्छ

469.99K
shares

डोल्पा । माथिल्लो डोल्पाका केही गाउँपालिकामा लगायत नेपालका विभिन्न क्षेत्रमा  बहुपति र पाण्डु प्रथा अझै चल्दैछ । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।

जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्छ।

उक्त विवाहित श्रीमतीले दैनिक दाजुभाई सग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरू सँग सुत्न पर्ने हुन्छ। अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नू पर्छ ।

डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।

जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो ।

डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।

‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’ सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083