नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार ४८३ पुग्याे
वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:४१
5.9K
shares
shares

नेपालमा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यो सँगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ ।
यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।































