नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ हजार ११७ पुग्याे

6.24K
shares

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ६ सय ३४ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो शुक्रबार ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ सय ३६ जना डिस्चार्ज भएसँगै १८ हजार ३ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन्।

देशभर २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । यस्तै देशभर १२ हजार ६ सय २१ सक्रिय संक्रमित रहेका छन् भने ११ हजार ६ सय ५८ जना क्वारेन्टाईनमा रहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083