कोभिडको उपचारमा प्रभावकारी रेमडिसिभर औषधि नेपालमा

16.41K
shares

काठमाडौं :  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। औषधि व्यवस्था विभागको अनुमतिपछि पहिलो पटक यसलाई वैधानिक रुपमा ल्याइएको हो।

यसअघि वैधानिकता नपाउँदै कोरोना संक्रमितहरुले यो औषधि ल्याएर प्रयोग गर्दै आइरहेका थिए। नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गराएका विराट नर्सिङ होमका मालिक डा. ज्ञानेन्द्र कार्कीले नै पहिलो पटक यो औषधि प्रयोग गरेका थिए।
गम्भीर अवस्थाका कोभिड-१९ का बिरामीका लागि उनका आफन्तहरुले आफ्नै प्रयासमा ‘जुगाड’ गरी प्रयोगमा ल्याउने गरेका थिए। अब भने वैधानिक रुपमै प्रयोग यो औषधि कोभिडका बिरामीमा प्रयोग हुनेछ।
माइलन कम्पनीले उत्पादन गरेको औषधि त्यसको आधिकारिक आयातकर्ता सिनर्जी ओभरसिज प्रालिले शुक्रबार बिहान नेपालमा ल्याएको हो।
उता सिप्ला कम्पनीले बनाएको रेमडिसिभिर औषधि अर्को आयातकर्ता यतिकेम प्रालिले ल्याउँदैछ। समाचार अनुसार त्यो औषधि हवाई मार्ग सहज नभएकोले स्थलमार्गबाट तीन चार दिनमा आइपुग्ने छ।
अहिले पहिलो खेपमा पाँच सय भाइल औषधि (खोप) ल्याइएको हो। औषधि व्यवस्थापन विगागका महानिर्देशक नारायण ढकालले  हाल आइसकेको औषधि आवश्यक भएका ठाउँमा वितरण भइसकेको बताएका छन्।

‘हामीले सुरुमा ५७० भायल रेम्डेसिभिर माग गरेका थियौं।  यो  आइपुगेर आवश्यक ठाउँमा वितरण हुँदैछ’, उनले भने। रेम्डेसिभिर आइसियुमा भएका कोरोना संक्रमितको उपचारका लागि राम्रो मानिएको छ। जुन औषधि नेपालमा उत्पादन हुँदैन।

यसअघि औषधि व्यवस्था विभागले गत ३१ साउनमा सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित ‘रेमडिसिभिर’आयात गर्न अनुमति दिएको थियो। यो औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ‘क्लिनिकल ट्रायलका लागि प्रयोग गर्ने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083