एकता भन्दा शक्तिशाली माओवादी गठनमा लाग्न प्रचण्डलाई किरातीको आग्रह

6.85K
shares

काठमाडौं । पार्टी एकता भन्दा शक्तिशाली माओवादी गठनमा लाग्न प्रचण्डलाई गोपाल किरातीले आग्रह गरेका छन् । नेकपा एमले र माओवादी केन्द्रको एकता प्रक्रिया सुरु भएसँगै माओवादीका दुई नेता असन्तुष्टि जनाउँदै एकताको रिङबाट बाहिरिने निधो गरेका थिए । उनीहरूको यो निर्णय पार्टी हितविपरीत भएको भन्दै तीन केन्द्रीय कार्यालय सदस्यलाई कारबाही गर्ने माओेवादी केन्द्रले निर्णय गरेको थियो । माओेवादी केन्द्र कार्यालय सदस्य लोकेन्द्र विष्ट मगर, गोपाल किराती र विश्वभक्त दुलाल (आहुति) लाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो ।

कारबाहीमा परेसँगै उनीहरू एकता प्रक्रियाबाट बाहिरिएका थिए । कारबाहीमा परेकामध्ये लोकेन्द्र विष्ट मगर स्वतन्त्र बसेका थिए। तर उनले आफू मोहन वैद्य वा नेत्रविक्रम चन्द ‘विप्लव’सँग सहकार्य गरेर राजनीतिमा फर्कने बताउँदै आएका छन्। आहुति नयाँ पार्टी बनाउने तयारीमा छन्। यस्तै, किराती भने माओवादी केन्द्र पुनर्गठन भन्दै संगठन विस्तारमा लागिरहेका छन्। उनी अहिले विभिन्न जिल्लामा संगठन विस्तारमा सक्रिय छन्।

पछिल्लो समय एमाले माओवादीले एकतामा सहमति गर्न नसकिरहेको समयमा किरातीले भने प्रचण्डलाई एमालेसँग एकता नगर्न आग्रह गरेका छन्। उनले प्रचण्डलाई अब नयाँ पार्टीको परिकल्पना गर्नुभन्दा शक्तिशाली माओवादी गठनमा लाग्न सुझाव दिएका छन् । किरातीले अनुसार ‘अब सबै मिलेर अघि बढ्नुपर्ने र प्रचण्डले पनि आत्मालोचना गर्नु बर्ने बताएका छन् । एमालेसँग एकता गर्नुभन्दा पहिलाको आफ्नो पार्टीलाई एक बनाएर शक्तिशाली माओवादी बनाउँदा धेरै राम्रो हुने किरातीको प्रतिक्रया रहेको छ ।