सनी लियोनीले ‘कलेज टपर’ भएपछि छानबिन सुरु

10.61K
shares

एजेन्सी। ‘कलेज ‘टपर’को शीर्ष स्थानमा सनी लियोनीको नाम कसरी आयो?’ अहिले यो चर्चाको विषय बनिरहेको छ। सनी लियोनी प्राय विवादमा आइरहन्छिन्। उनी एक पटक फेरि चर्चामा आएकी छिन्। कोलकत्ताको एक कलेजले लिएको अनलाइन प्रवेश परीक्षामा उनको नाम सबैभन्दा पहिलो नम्बरमा छ।

आशुतोष कलेजले बीएको प्रवेश परीक्षामा पास हुनेहरूको नाम वेबसाइट मार्फत सार्वजनिक गरेको थियो। लिस्टमा एप्लिकेशन आइडी र रोल नम्बर राखिएको थियो। यो लिष्टमा सनी लियोनीलाई कक्षा १२ बोर्ड परीक्षामा सर्वश्रेष्ठ चार विषयमा ४०० अथवा पूरा अंक दिइएको छ।

विवाद बढ्दै गएपछि कलेजका एक अधिकारीले कसैले जानी जानी सनीको नाम टाइप गरेर गतल आवेदन पठाएको बताए। सम्बन्धित विभागलाई उक्त गल्ती सच्याउन भनिएको ती अधिकारीले बताए। उक्त घटनापछि कलेजको प्रवेश परीक्षा प्रक्रियाकै प्रश्न उठ्न थालेपछि कलेजले घटनाको जाँच शुरू गरेको छ।

सनी यतिबेला परिवारसहित अमेरिकामा छिन्। अमेरिकामा रहेकी सनीले एक पोष्ट गरेर भनेकी छिन्, म र मेरा श्रीमान डेनियललाई आफ्नो बच्चा कोरोनाबाट सबैभन्दा बढी सुरक्षित हुने ठाउँमा लाने मौका मिलेको छ। यहाँ लस एन्जलसमा हाम्रो घर र सिक्रेट गार्डेन छ। जहाँ हामीले आफ्नो बच्चालाई कोरोनाबाट सुरक्षित राख्न सक्छौ‌ं।

सनी लियोनीले २०१२ मा फिल्म जिस्म २२ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यसअघि उनी सलमान खानको रियालटी शो बिग बोसको हिस्सा बनेकी थिइन्। शोमा पुगेका महेश भट्टले सनीलाई चलचित्रका लागि अफर गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083