निर्मला पन्तको न्याय माग्दै नेपाल प्रेस युनियनको वेवसाइट ह्याक
वि.सं.२०७७ भदौ १४ आइतवार १४:४४
7.32K
shares
shares

काठमाडौं । नेपाल प्रेस यूनीयनको वेवसाइट ह्याक भएको छ । कञ्चनपुरकी १३ बर्षिय वालिका निर्मला पन्तको न्यायको माग गदै ‘ह्यारी १३३७’ द्वारा युनियनको वेवसाइट ह्याक भएको हो ।
उक्त वेवसाइट भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रप्सले वेबसाइट ह्याक गरेको हो ।
वेवसाइटमा अहिले निर्मला पन्तको तस्बिर राखि हत्या भएको ७५० दिनभन्दा बढि भइसक्दा पनि सरकार मौन बसेको र आफुहरुले पन्तकाे न्याय चाहेको बताइएको छ ।
त्यहाँ लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।’






























