देशभर आज अहिलेसम्मकै बढी १२ सय २१ जनामा काेराेना संक्रमण पुष्टि, कुल संख्या ३८,५६१
वि.सं.२०७७ भदौ १४ आइतवार १६:४२
7.67K
shares
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ।
जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।



























