उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ भदौ १४ आइतवार १६:२९
7.27K
shares
shares

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ।
जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
































