अब नेकपामा नेता र सरकारविरुद्ध लेख्न र बोल्न बन्देज
वि.सं.२०७७ भदौ २५ बिहीवार १६:४९
6.47K
shares
shares

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अभिव्यक्ति स्वतन्त्रतामा कडाइ गरिने भएको छ । खासगरी, नेता र सरकारका काम कारबाहीबारे आलोचनात्मक टिप्पणी गर्न नपाइने गरी बन्देज लगाउन खोजिएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमार्फत् कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने व्यवस्था गर्न लागेका हुन् ।
अध्यक्षद्वयले स्थायी कमिटीमा पेश गर्न तयार पारिएको प्रतिवेदनमा नेताका कर्ममाथि टिप्पणी गर्न कार्यकर्तालाई रोक लगाउने प्रस्ताव गरिएको हो ।
नेकपाको यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । धेरैले अभिव्यक्ति स्वतन्त्रता किन बन्देज गरिएकोका प्रश्न गरेका छन् । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुँदैन र ?































