डा.केसीको त्रिवि शिक्षण अस्पताल बाट सत्याग्रह
वि.सं.२०७७ असोज ६ मंगलवार १९:४१
7.75K
shares
shares

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल टिचिङ पुगेका छन्।
सोमबार नेपालगञ्ज आइपुगेका डा. केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौँ ल्याइएको हो। आफूले काम गरेर अवकाश पाएको त्रिवि शिक्षण अस्पताल टिचिङमा बसेर सत्याग्रह गर्ने तयारी गरिरहेका केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेको थियो।
डा. केसीको चाहना विपरित सुरक्षाकर्मीले ट्रमा सेन्टरमा लगेको भन्दै आपत्ति जनाएका थिए। डा. केसी सहयोगी प्रीतम सुवेदीका अनुसार ट्रमा सेन्टरबाट आफैँ डिस्चार्जको घोषणा गरेर टिचिङ पुगेका हुन्। डा. केसीलाई अपहरण शैलीमा सुरक्षाकर्मीले विमानस्थलबाट ट्रमा सेन्टरमा लगेको भन्दै चौतर्फी विरोध भएको थियो।




















