पाकिस्तानले लगायो टिकटकमाथि प्रतिबन्ध, यस्ताे छ आरोप
वि.सं.२०७७ असोज २४ शनिवार १३:४७
shares

tik tok
भारत र अमेरिका पछि अब पाकिस्तानमा समेत टिकटकमाथि प्रतिबन्ध लागेको छ ।
अश्लीलता र अभद्रता फैलाएको भन्दै पाकिस्तानको दूरसञ्चार प्राधिकरणले भिडियो शेयरिङ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।
यस अघि पाकिस्तानले पब्जी माथि समेत प्रतिबन्ध लगाइसकेको छ । पाकिस्तान सरकारको यो निर्णयलाई लिएर टिकटकबाट कुनै धारणा सार्वजनिक भएको छैन ।
पाकिस्तानमा टिकटकका करिब चार करोड प्रयोगकर्ता रहेका छन् । पछिल्लो समय टिकटक पाकिस्तानमा सबैभन्दा धेरै डाउनलोड हुने एपको सूचीमा तेस्रो नम्बरमा छ ।
ह्वाट्सएप र फेसबुक मात्र पाकिस्तानमा टिकटकभन्दा अघि छन् । पाकिस्तान सरकारले एप विरुद्ध जनस्तरबाट थुप्रै गुनासाहरु बइरहेको बताएको छ ।
दुई महिना अघि मात्र लाहोर उच्च अदालतमा टिकटकमाथि प्रतिबन्ध लगाउन माग गर्दै एक मुद्दा दर्ता गरिएको थियो । जसमा एप पोर्नोग्राफीको ठूलो स्रोत बनेको उल्लेख गरिएको थियो ।
सँगसँगै पाकिस्तान सरकारले उक्त मामिलामा आफ्नो धारणा सार्वजनिक गर्दै यस प्रकार एपबाट युवाहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको प्रतिक्रिया दिएको थियो । इमरान सरकारले यस विषयलाई लिएर एउटा चेतावनी समेत जारी गरेको थियो ।
पाकिस्तानी न्युज च्यानल जियो न्युजका अनुसार यस सन्दर्भमा पाकिस्तानको दूरसञ्चार प्राधिकरणले गत जुलाईमै टिकटकलाई यस्तो चेतावनी दिएको थियो ।
चेतावनीका बावजूद समेत टिकटकको तर्फबाट सरकारी चिन्ताको विषयलाई नजरअन्दाज गरिएको र त्यसका लागि कुनै उचित कदम नउठाएको बताइएको छ । त्यसै कारण पाकिस्तान सरकार एपमाथि प्रतिबन्ध लगाउने अवस्थामा पुगेको हो ।

































