शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

4.91K
shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई आज संक्रमण पुष्टि भएको हो ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ भने ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083