प्रेम सम्बन्धलाई लिएर डोटीमा एक दलित युवकमाथि सामुहिक कुटपिट

8.53K
shares

डोटी। डोटीको बडिकेदार गाउँपालिकाका एक दलित युवक माथि निर्घात कुटपिट भएको छ।

बडिकेदार ३ जदीका दिनेश नेपालीमाथि ज्यान मार्ने साेचले सामुहिक आक्रमण सहित कुटपिट भएको हो।

दिनेश नेपालीलाईस्थानीय किशोरी पुष्पा पुन मगर संगको प्रेम सम्बन्धको बिषयलाई लिएर केटी पक्षका पदम पुन मगर, ओम पुन मगर, राम पुन मगर, भिम ब. रोका मगर नरेश पुन मगर लगायतले निर्घात कुटेको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली र स्थानीय पुष्पा पुन मगरको प्रेम समबन्ध थियो।

उनिहरु आफुखुसी ५ दिन अघि घरवाट भागेका थिए। त्यसपछि केटि पक्षले खोजतलास गर्दा बडिकेदारकै जंगलमा भेटाएपछि युवकमाथि निर्घात कुटपिट गरेको उनकी प्रेमिका पुन मगरले बताइन्।

युवक बेहोस अवस्थामा अस्पतालमा उपचाररत छन् ।

डोटीमा उपचार सम्भव नभएपछी थप उपचारका लागि माया मेट्रो अस्पताल धनगढी रेफर गरिएको छ।

पिडकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी पोस्ट जदीले जनाएको छ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको र पिडितले न्याय पाउने प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083