अभिनेत्री काजल अग्रवालको विवाह भोलि हुँदै
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १२:३८
12.94K
shares
shares

साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाह भोलि अर्थात ३० अक्टोबरमा हुँदैछ । काजलको परिवारले उनलाई मिल्दो बेहुला व्यवसायी गौतम किचलूलाई खोजेका छन् ।
व्यवसायी गौतम किचलूसँग काजलले भोलि मुम्बईमा विवाह गर्दैछिन् ।
काजलको घरमा अहिले विवाहको धमाधम तयारी भइरहेको छ । कोरोनाभाइरसको जोखिम अवस्थामान विवाहमा नजिकको आफन्त, साथीहरू मात्र बोलाइने बताइएको छ ।
काजलले विवाहपछि पनि आफ्नो कामलाई निरन्तरता दिने बताएकी छिन् । विवाहको कार्यक्रम दुई दिन चल्ने बताइएको छ ।
बलिउडमा फिल्म ‘क्यों हो गया ना’ बाट डेब्यू गरेकी उनी पछि साउथ फिल्ममा लागेकी थिइन् । उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।
































