अनेरास्ववियू संयोजक महरलाई बझाङमा कार्यकर्ताहरुद्वारा कालो झण्डा
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १९:०१
shares

अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियू) का केन्द्रिय संयोजक ऎन महरलाई बझाङमा अनेरास्ववियुकै कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन ।
जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई अनेरास्ववियुका जिल्ला कमिटीका युवा विद्यार्थी नेताहरूले कालो झण्डा देखाएका हुन ।
कार्यक्रममा बिद्यार्थी नेताहरूले `अनेरास्ववियू जिन्दावाद, गुट भेला मुर्दावाद ´ भन्दै नाराबाजि समेत गरेका थिए ।कालो झण्डा देखाउने अनेरास्ववियुका जिल्ला कमिटी सदस्य गणेश कुवर र पुर्व जिल्ला कमिटी सह सचीव रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङमा अनेरास्ववियु संगठन विस्तार गर्दा संयोजक महरले एकता बिधान बिपरित कार्य गरेको भन्दै अनेरास्ववियूका नेताकार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउदै आएका थिए ।
संगठनमा लामो समय काम गरेका, सिनियर बिद्यार्थि नेता लाई लत्याएर आफन्त नातागोता लाई संगठनको जिम्मेवारी दिइए पछि असन्तुष्टि जनाउँदै संयोजक महरलाई कालो झण्डा देखाएका हुन ।































