गरीब,दुखी र भोकाहरुलाई सहयोग गर्दै डिआईजी विश्वराज पोखरेल !
वि.सं.२०७७ कात्तिक १५ शनिवार १९:२१
shares

काठमाडौं । यतिवेला विश्व समुदाय नै कोराना भाईरसको घेराबन्दी परेको छ, अझ भनौ भने यो भाईरसले विश्व नै आकुल ब्याकुल बन्दै गएको छ । नेपालमा मानिसहरु मर्नेको सङ्ख्या बढ्दै गएको छ भने सङ्क्रणमित सङ्ख्या पनि झन् बढ्दै गएको छ । विश्वका कतिपय मुलुकहरु यतिवेला पनि लकडाउनको अवस्थामा छन् भने कतिपय मुलुकहरुमा लकडाउनको अवस्था सामान्य हुदै गएको छ । तर यतिबेला नेपालमा कोराना भाईरसको कारणले आम जनजिवनमा ठुलो समस्या निम्त्याएको छ ।
केही जनताहरुको समस्याको समाधान गर्न यतिबेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल लागि परेका छन् । गरीब,दुखी र भोकाहरुको सहयोग गर्नु धेरै धन होईन ठुलो मन चाइन्छ भन्ने कुरा आज प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले प्रमाणित गरेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले निशुल्क खाना वितरण गर्नको लागि २० बोरा चामल दुई बोरा दाल र ५००० नगद भोको पेट भर्नको लागि सहयोग गरेका छन् ।
प्रहरी नायव महानिरीक्षक पोखरेलले कडाउन भएदेखि नै काठमाडौंका विभिन्न आश्रमहरुमा खाद्यान्न वितरण साथै दैनिक ज्याला मजदुरी गरेर खाने सयौं मजदुरहरु लगाएत सडक पेटीमा बस्ने मानिसहका भोका पेट भर्नको लागि खाद्यान्न वितरण गर्दै आएका थिए ।
































