पूर्वराज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ

8.57K
shares

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले रायको साथबाट ११ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

पछिल्लो समय राजनीतिमा निष्क्रिय रहे पनि राय यसअघि २०५२ सालमा शेरबहादुर देउवा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्द र २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राज्यमन्त्री भएका थिए ।

विवादित छविका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नं. ५ बाट सांसद निर्वाचित भएका थिए भने २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसयता उनी राजनीतिमा निष्कृय छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083