आत्मसम्मान पुर्वक नयाँ भबिष्य खोजिन्छ : रन्जित तामाङ

11.65K
shares

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले पुष्पकमल दाहाल प्रचण्डले एकता जोगाउन खेलेको भूमिकालाई कमजोरी ठान्नेहरुलाई अब एकताको लागि बारम्बार विनम्र अनुरोध गरी राख्नुको कुनै औचित्य नरहेको बताए ।

गुट र कोठरीबाट निरन्तर,जालझेल, षड्यन्त्र गर्ने, यो सब तमासा भन्दा त प्रधानमन्त्री ओलीको ,प्रस्ताब नै सहि हो भन्दै उनले नेतृत्वमाथि नै प्रश्न गरेका छन् । मर्दको सन्तानले अपमानमा लतारिएर होईन,आत्मसम्मान पुर्वक नयाँ भबिष्य खोज्न तयार रहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ,एकता जोगाउन खेलेको भूमिकालाई कमजोरी ठान्ने, जनचाहनाको सम्मानार्थ सहनशील भुमिकालाई हेप्ने, बिधि र पद्दतको धज्जी उडाउने, जनचाहना बिपरित अलोकप्रिय काम गर्ने, गुट र कोठरीबाट निरन्तर,जालझेल,षड्यन्त्र गर्ने, यो सब तमासा भन्दा त उनको,प्रस्ताब नै सहि ! ‘मर्दको सन्तानले अपमानमा लतारिएर होईन,आत्मसम्मान पुर्वक नया भबिष्य खोज्छ,खोजिन्छ ।’

शनिबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अब सँगै जान नसक्ने भन्दै पार्टी फुटाएर जाने प्रस्ताव गरेका थिए । प्रचण्डले यो आईतबार बिहान खुमलटारमा सचिवालयको बहुमत सदस्य सहभागि भेलामा बताएका हुन् । त्यसपछि नेकपा फुटको संघारमा पुगेको भन्दै दोस्रो तहका नेताहरु चिन्तित भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083