साढे ५ किलो गाँजासहित २ महिला पक्राउ

6.88K
shares

प्रहरीले ५ किलो गाँजासहित साढे २ महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई छन् ।

उनीहरुलाई  विराटनगरबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५ किलो सात सय ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।