ओखलढुंगामा सांसद सुनुवार र खड्काको विजोग, स्थानीयको आक्रमणपछि भागाभाग

11.01K
shares

ओखलढुंगा : कात्तिक २५, ओखलढुंगामा संघीय सांसद यज्ञबहादुर सुनार र प्रदेश सांसद मोहन खड्कालाई स्थानीयले लखेटेका छन् । जिल्लाको लिखु गाउँपालिकामा सडक उद्घाटन गर्न गएका नेताहरुलाई स्थानीयले लखेटेपछि सांसद सुनुवार र खड्काको भागाभाग मच्चिएको छ । काठमाडौं सिरिसे, तारकेराबारी, पोखरी सडक खण्ड यद्घाट नगर्न पुगेका नेताहरुलाई रिबन काट्न जाने क्रममा स्थानीयले उनीहरुलाई तीन घण्टा घेराबन्दी गरेका थिए । नेताहरुलाई स्थानीयले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको थियो ।

लिखु गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ वडामा स्थानीय जनप्रतिनिधिले उद्घाटन गरिसकेको सडक उद्घाटन गर्न सांसद सुनुवार र खड्का दलबलसहित गाउँ पसेपछि स्थानीयले कार्यक्रम स्थल जान लागेका उनीहरुलाई तीन घण्टा रोकेका थिए । सांसद सुनुवार र खड्कालगायत गाउँपालिकाका अध्यक्ष र अन्य जनप्रतिनिधिहरुले स्थानीइलाई हारगुहार गरी चक्का जाम खुलाई कार्यक्रम स्थलमा पुगि रिबन काटिसकेपछि स्थानीयले कात्तिक १९ गते उद्घाटन गरिसकेको सडक निर्माणको जस आफुले लिनका लागि कात्तिक २३ गते पुन उद्घाटन गरिरहेको अवस्थामा स्थानीयले आक्रमण गरेपछि सांसदहरुको भागाभाग भएको थियो । केही समयअगाडी सडक निर्माण समितिले निर्माण पुरा नभईको र पास नगरेको त्यही सडकखण्डको सिरिसेको पुल उद्घाटन गर्न जाँदा स्थानीयले आक्रमण गरेपछि उद्घटन नै नगरी भागेका थिए ।

यसअघि पनि लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेललाई मुंग्रा प्रहार गरी र दोस्रो पटक कार्यालयमै स्थानीयले कुटपिट गरेका थिए । त्यस्तै गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेलको संरक्षणमा उनका भाई विशाल पौडेल (गाउँपालिकाका वडा अध्यक्ष) ले बालुवा तस्करीदेखि सडक निर्माणको काममा अनियमितता गरेपछि उनको चर्को विरोध हुँदै आएको छ । त्यस्तै गाउँपालिका अध्यक्षका भतिजाले सार्वजनिक जग्गा मिचेर घर बनाउँदासम्म पनि अध्यक्षले संरक्षण गरेको स्थानीयहरुको गुनासो छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083