साढे ५ किलो गाँजासहित २ महिला पक्राउ
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:२०
6.86K
shares
shares

प्रहरीले ५ किलो गाँजासहित साढे २ महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई छन् ।
उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५ किलो सात सय ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।















