निजी विद्यालय संचालकहरुको शुल्क आतंकप्रति अनेरास्ववियूको ध्यानाकर्षण

13.3K
shares

काठमाडौ । राष्ट्रिय परिक्षा वोर्डले कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरे लगत्तै कतिपय निजी उच्च माध्यमिक विद्यालय संचालकहरुले मच्चाउन थालेको शुल्क आतंकप्रति अनेरास्ववियूले आपत्ती जनाएको छ । अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले हस्ताक्षर गर्दै प्रेश विज्ञप्ती जारी भएको हो ।

सामान्य अवस्थामा गत वैशाखमै हुनुपर्ने उक्त परीक्षा कोभिड १९ को महामारी र लामो समयको लकडाउन लगायतका कारण यहाँसम्म आइपुगेको विदितै छ । नियमित पाठनपाठन नभएको स्थितिमा विद्यार्थीले सुविधा नै नलिएको कुनै प्रकारको अनावश्यक र अतिरिक्त शुल्क नलिनु पर्नेमा उल्टो विगतको भन्दा पनि वढि शुल्क लिन थाले पछि अनेरास्ववियूको ध्यानाकर्षण भएको छ ।

साथ-साथै कतिपय उमाविहरुले शुल्कको नाममा ब्ल्याकमेलिङ् गरेर विद्यार्थीहरुलाई प्रवेश पत्र अड्काएका गुनासाहरु समेत आइरहेका छन् ।

प्रेस विज्ञप्ति


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083