सत्तारूढ नेकपाद्वारा प्रधानमन्त्री निवासबाटै पश्चिमा संस्कृतिको प्रचारप्रसार

6.85K
shares

आफू बदलिएर संसार बदल्नु कम्युनिस्टहरू मुख्य उदेश्य हो । अझ माक्र्सवादका सस्थापक अर्थात मार्क्सवादी दर्शनका पिता कार्ल मार्क्स अनुसार संसारको ब्याख्या गर्न सबैले जानेका छन् । मुख्य कुरा बदल्नु हो । ससार बदल्न हिडेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू भने भ्रष्टाचार, अनियमितता, लुटपाट जस्ता जनविरोधी काममा मात्रै होईन ।

धार्मिक अतिवाद र साम्राज्यवादी सस्कृतिको दलदलमा विलिन हुन पुगेका छन् । संसार बदलेर नयाँ सस्कारको विकासमा विश्वास गर्ने सत्तारूढ कम्युनिस्ट पार्टीका नेताहरू भने पश्चिमी कृश्चियन सस्कृतिको प्रचारप्रसारमा लागि परेका छन् ।

सत्तारूढ नेकपाका नेताहरूलाई कृश्चियन मिसिनरी विस्तारमा सहयोग गरेको आरोप बेला बेलामा लाग्ने गरेको छ । तर अहिलेसम्म सिंगो पार्टी नै त्यस्ता कार्यक्रम नै सार्वजनिक रुपमै खुलासा भने भएको थिएन ।

कहिले केक काण्ड त कहिले भैंसी पुजा जस्ता नितान्त केही नेताका निजी विवादस्पद मामिला भने बाहिर आएका थिए । तर नेपालका कुनै पनि कम्युनिस्ट पार्टी नै धार्मिक कार्यक्रममा सस्थागत रूपमा सहभागी भएको वा कुनै धार्मिक परम्परा अनुसार कुनै आमुक पार्टीको सिंगो कमिटी नै सहभागी भएको भने बालुवाटारमा पटक हो ।

नेपाल भित्रका विभिन्न जातजातिलाई देखि नसक्ने पूर्वएमालेका नेताहरू पछिल्लो समय पश्चिमा सस्कृतिलाई जोडतोडले फलो गरिरहेका छन् ।

ओली र पोखरेलका कारण तत्कालीन एमाले बाटै बहिरिएका थिए । सतारुढ नेकपालाई विभिन्न आरोप लागिरहेको बेला आज पार्टीको सचिवालय बैठकमा पार्टी महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ ।

जन्मदिनको लागि बालुवाटारमा विशेष केक मगाइएको थियो भने पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरुले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए ।

सत्तारूढ नेकपाभित्र विवादले उग्र रुप लिएको बेला पौडेलको जन्मदिनको दिन पश्चिमा सस्कार अनुसार बालुवाटारमा भव्य रूपमा मनाएर पार्टीको सचिवालय बैठक सुरु गरिएको छ । महासचिव पौडेलको जन्मदिन सस्थागत तरिकाले मनाउनुलाई पश्चिमा धार्मिक सस्कारको प्रचारप्रसार गर्नलाई गरेको हुन सक्ने आलोचकहरु बताउँछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083