घुससहित पक्राउ परेका पाण्डे भ्रष्टचारी ठहर
वि.सं.२०७७ मंसिर २७ शनिवार १०:१३
6.99K
shares
shares

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर भएका छन् ।
घुससहित पक्राउ परेका उनलाई हिजाे विशेष अदालतले भ्रष्टचारी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले विभागकै तत्कालिन शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरुमा पौडेल र केसीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा तत्कालिन महानिर्देश पाण्डे पनि पक्राउ परेका थिए । उनलाई २०७४ कार्तिक २८ गते पक्राउ गरिएको थियो ।
पाण्डे कालो सूचीमा परेको एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।






























