विपद्मा परेका परिवारलाई राहत

5.47K
shares

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले विपद्मा परेका घरपरिवारलाई सहयोग रकम वितरण गरेको छ ।

यो वर्षमा विपद्का कारण समस्या खेप्दै आएका यहाँका ११ घरपरिवारलाई राहतस्वरुप चेक प्रदान गरिएको हो ।

चेक प्रदान गर्नेमा वडा नं १ विन्दुमाया तामाङ, वडा नं ४ का मिञ्जु विक, सन्तोष चिमोरिया, नवराज चिमोरिया, केही महिना अगाडि बाढीपहिरोले घरमा क्षति भएकामा रु १० हजारका दरले चेक वितरण गरेको छ ।

वडा नं ४ कै बेनीप्रसाद काफ्लेको गोठमा रहेको भैँसी विद्युत् चुहावट भएर करेन्ट लागेर मरेकामा उहाँलाई राहतस्वरुप रु सात हजारको चेक हस्तान्तरण गरिएको हो ।

त्यस्तै विद्युत् चुहावट भई घर जलेर नष्ट भएका वडा नं ६ का कोपिला केसी, वडा नं ७ का कल्याणकान्त न्यौपाने, वडा नं ८ का कृष्णराम श्रेष्ठ, वडा नं १० का राधा नेपाली र हरिप्रसाद पाठक, अम्बरबहादुर दमाईलगायतलाई राहतस्वरुप चेक वितरण गरियो ।

नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले विभिन्न कारणले भौतिक र पशुधन क्षति भएका नगरवासीलाई नगरपालिकाले यही वर्षदेखि कार्यविधि निर्माण गरी विपद्मा परेका पीडित परिवारलाई आर्थिक सहयोगको चेक हस्तान्तरणको अभियान शुरु रिएको बताउनुभयो ।

सडकमा अलपत्र परेका वृद्धको उद्धार

नगरपालिकाभित्रमा रहेको बेवारिसे व्यक्तिको उद्धार गर्ने कामलाई निरन्तरता दिइएको छ ।

नगरपालिकाले सडक मानवमुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरुको उद्धारलाई तीव्रता दिइएको हो ।

सडकमा अलपत्र एकको उद्धार गरी धुलिखेलस्थित मानव कल्याण सेवा घरमा पठाइएको छ । नगरप्रमुख तिमल्सिनाको पहलमा अन्दाजी ६५ वर्षका ती वृद्धलाई शुक्रबार उद्धार गरिएको हो ।

झण्डै दुई वर्षदेखि नगरपालिकाको बजार क्षेत्र भकुण्डे र नौबिसेमा सडकमा बस्दै आएका वृद्धलाई उद्धार गरी सेवा घरमा पठाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सडकमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि मानव कल्याण समाजसँग सम्झौता गरेर उद्धार कार्यमा सहयोग गर्दै आएको तिमल्सिनाले बताउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083