मेला भर्न गएका स्थानीय माथी अन्धाधुन्ध खुकुरी प्रहार गर्दा पाँच जना घाइते एकको अवस्था गम्भीर

20.32K
shares

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रीपुरा सुन्दरी गाँउपालीका-६ मा गएराति एउटा समुहले मेला भर्न गएका स्थानीय माथी खुकुरी प्रहार गर्दा ५ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ।

मेलामा रमाइलो गरिरहेका स्थानीयलाई १०/११ जनाको समुहले खुकुरी सहित आएर पछाडी बाट अन्धाधुन्ध खुकुरी प्रहार गरि घाइते बनाएको हो।

खुकुरी प्रहारबाट मनोज श्रेष्ठ, केदार श्रेष्ठ, सुनिल श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, खड्का ध्वोज श्रेष्ठ, लाल बहादुर श्रेष्ठ लगायत घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि न्युरो हस्पिटलकाठमाडौ बांसबारीमा लगिएको छ। उक्त घाइतेहरु मध्ये एकको अवस्था चिन्ताजनक रहेको हस्पिटल स्रोतले जनाएको छ।

खुकुरी प्रहार गर्ने एक जना जीवन भण्डारी पक्राउ गरेको छ भने अरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, बार्हबिसेले जानकारी  दिएको छ ।


divya collage
unigloble collage