सरकार विरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन
वि.सं.२०७७ पुस १७ शुक्रवार १६:००
6.71K
shares
shares

काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण लगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी भएका थिए ।































