अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भिटो पहिलोपटक सदनद्वारा खारेज
वि.सं.२०७७ पुस १८ शनिवार ११:५३
shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्चसम्बन्धी प्रयोग गरेको विशेषाधिकार ९भिटो० लाई माथिल्लो सदन सिनेटले खारेज गरेको छ ।
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले नयाँ वर्षको पहिलो दिन दुर्लभ सत्र आयोजना गरेर रक्षा खर्च कोषमा ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको हो । सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए। उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको नेशनल डिफेन्स अथोराइजेसन एक्ट (एनडीएए) पनि पारित गरेका छन्।
बीबीसीका अनुसार उनको राष्ट्रपतीय कार्यकालमै पहिलोपटक संसद्ले यस्तो गरेको हो । राष्ट्रपतिको भिटो अस्वीकार गर्न दुई तिहाई मत आवश्यक पर्छ। डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो । नयाँ पारित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको आर्थिक नीतिका लागि खर्च जुटाउने बताइएको छ ।


























