प्रारम्भिक चरणबाट बाहिरिए विमल घर्तीमगरसहित १४ खेलाडी

5.92K
shares

काठमाडौँ । बन्द प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन् ।

कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले करिब १ महिनाको प्रशिक्षणपछि ५८ खेलाडीबाट १४ जनालाई हटाएका हुन् ।

फरवार्ड विमल चोटका कारण टिमबाट बाहिरिएका हुन् । प्रशिक्षणको दौरान गम्भीर चोट बोकेका उनको उपचार कतारमा हुने बताइएको छ । यस्तै, पहिलो चरणबाट बाहिरिने खेलाडीहरूमा गोलरक्षक देव लिम्बू, डिफेन्डर रन्दीप पौडेल, अमित तामाङ, मिडफिल्डर जय गुरुङ, नितिन थापा र रजत तिवारी, स्ट्राइकर दीपेश आलेमगर, राजेश परियार, प्रेजेन तामाङ, रेजिन सुब्बा र राजीव लोप्चन रहेका छन् ।

नेपालले मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्नेछ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटअन्तर्गत नेपालले चाइनिज ताइपेई र अस्ट्रेलियासँग मार्चमा खेल्नेछ भने जोर्डनसँग जुनमा खेल्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083