पैदलयात्रुलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साह सवार गाडी

13.83K
shares

सर्लाही । आफू सवार जीपले पैदलयात्रुलाई ठक्कर दिएपछि शहरी विकास मन्त्री प्रभु साह सवार उद्दार गर्नुको साटो ‘भागेका’ छन्‌। मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री गम्भीर अवस्थामा छन्‌।

​पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए। मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको राठौरले जानकारी दिए।

मुलुकको मन्त्रीजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धार लगायतमा जुट्‍नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।


divya collage
unigloble collage