गृहमन्त्री थापालाई चितवनमा कालो झण्डा (भिडियाेसहित)
वि.सं.२०७७ पुस २० सोमवार १७:५९
5.23K
shares
shares

भरतपुर चितवनमा गृहमन्त्री राम बहादुर थापा विरुद्ध कालो बेलुन उडाएर बिरोध जनाइएको छ। भरतपुर रिजालचोकमा सांकेतिक बिरोध स्वरुप कालो बेलुन उडाइएको हो।
असंबैधानिक कु का बिरुद्ध कालो बेलुन उडाएर बिरोध गरिएको अनेरास्ववियू केन्द्रीय सदस्य दुर्लभ शाहिले जानकारी दिएका छन् ।
उनका अनुसार जब रास्ट्रले बलिदान माग्छ तब बिद्यार्थीले संघर्षको अग्रणी मोर्चामा रहि आफ्नो ज्यानको आहुती दिएका छन।
पौष ५ गते प्रधानमन्त्री केपि ओलीद्वारा गरिएको संसद विघटनका विरुद्ध अनेरास्ववियू सडक बाघ बनी निस्किएको छ। साथै असंबैधानिक कु का विरुद्ध संघर्षको मैदानमा उत्रिन आम न्यायप्रेमी क्रान्तिकारी बिद्यार्थीलाई अपिल गरेका छन् । चितवन बादलको गृहजिल्ला पनि हो ।
































