संसद विघटन विरुद्ध अनेरास्ववियूले संघर्षका दोश्रो चरणका कार्यक्रम सार्वजनिक

8.7K
shares

संसद विघटनको प्रतिगामी, गैरसंवैधानिक र जनघाती कदमलाई निस्तेज पार्न अनेरास्ववियू (बहुमत) समूहले संघर्षका दोश्रो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।

संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्नका लागि दोश्रो चरणको कार्यक्रम घोषणा गरेको संगठनका सहसंयोजक रञ्‍जित तामाङ्गले जानकारी दिए ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रधानमन्त्री केपि ओलीद्वारा गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमका विरुद्ध हाम्रो गौरवशाली संगठन अनेरास्ववियू सोही दिनवाटै निरन्तर आन्दोलनरत छ। अनेरास्ववियु आफैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ सङ्घर्षको मैदानमा दृढतापुर्वक अघि बढिरहेको छ। यसै विचमा संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चंदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरतापुर्ण कार्य नगर्न चेतावनी दिन चाहन्छौं। यदि नागरिकको वाक स्वतन्त्रता र मौलिक हकलाई सत्ताको बुटले कुल्चने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न वाध्य हुनेछौं । असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउंदा सम्म हाम्रो सङ्घर्ष अझ सशक्त रुपमा अधि वढ्नेछ।
यसै सन्दर्भमा पहिलो चरणको संघर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको ठहर गर्दै दोसो चरण अन्तर्गत तपशील वमोजिमका सङ्घर्ष कार्यक्रमहरु घोषणा गर्दछौं।
दोस्रो चरणका सङ्घर्षका कार्यक्रमहरु :
• पौष २१ गतेदेखि – ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने
• पौष २१ गते – प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।
. पौष २२ गते – उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सि्टी/लाठी जुलुस ।
पौष २३ गते – देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।
• पौष २४ गते – सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।
. पौष २५ गते -असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।
पीष २६ गते-बयलगाडा प्रदर्शन।
पौष २७ गते – प्रतिगमनको बिरुद्ध सडक कविता गीत / गजल कार्यक्रम गर्ने ।
• पौष २८ गते – सडक नाटक / सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ)
. पौष २९ गते – सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन।
(तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ।)
शैक्षिक सङ्घर्ष
. संघीय संसदवाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भुमि
सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने
. कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने ।
रञ्जित तामाङ
सहसंयोजक
मिति :- २०७७/०९/२१