संसद विघटन विरुद्ध अनेरास्ववियूको सडक वहस

9.27K
shares

काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन प्रचण्ड -माधव समुह अनेरास्ववियूले संसद विघटनको प्रतिगामी, गैरसंवैधानिक र जनघाती कदमभएको ठहर गर्दै संसद विघटन विरुद्ध सडक वहस कार्यक्रम गरेको छ। संसद विघटन निस्तेज पार्न अनेरास्ववियू (बहुमत) समूहले संघर्षका दोश्रो चरणका कार्यक्रम सार्वजनिक अनुसारको नेपाल ल क्याम्पस अगाडि सडक वहस गरेको हो।

प्रधानमन्त्री केपि ओलीद्वारा गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमका विरुद्ध हाम्रो अनेरास्ववियू सोही दिनवाटै आन्दोलनरत जारी राखेको छ। अनेरास्ववियु आफैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ सङ्घर्षको मैदानमा दृढतापुर्वक अघि बढने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चंदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरतापुर्ण कार्य नगर्न नेता उत्त्म अधिकारीले चेतावनी दिए । उनले वाक स्वतन्त्रता र मौलिक हकलाई सत्ताको बुटले कुल्चने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न वाध्य हुने भन्दै असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउंदा सम्म सङ्घर्ष अझ थप सशक्त रुपमा अधि बढाउने बताए।

कार्यक्रममा संविधानविद डा. चन्द्रकान्त ज्ञावली, न्याधिवक्ता रमन श्रेष्ठ, रचना खडा, गोविन्द वन्दीले आफ्नो धारणा राखे भने कार्यक्रममा इन्द्र भुषाल, विजय गौतम लगायत उपस्तिथि रहेको थियो।


divya collage
unigloble collage