अनेरास्ववियूको प्रदर्शन: प्रधानमन्त्री ओलीलाई बयलगाडामा राखेर अमेरिकीका पठाइदै!
वि.सं.२०७७ पुस २६ आइतवार ११:२४
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीलाई बयलगाडामा राखेर देशभर प्रदर्सन भएको छ। असबैधानिक “कु” को कदम विरुद्ध प्रधानमन्त्री ओलीको फोटो राखेर बयलगाडा कुदाइएको हो । अनेरास्ववियूले आज आइतबार देशैभरी अमेरिकीका लैजान भन्दै बयलगाडा सहितको प्रदर्सन गर्ने उद्घोष गरेको छ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनमा बयलगाडासहित विरोध प्रदर्शन गर्ने तालीका सार्वजनिक गरेको थियो । बयलगाडा प्रदर्सन विहान देखिन देशका विभिन्न मुख्य बजार क्षेत्रहरु बाट निकाल्ने र परिक्रमा गर्ने गरेका छन् ।
गणतन्त्र स्थापनामा ओलीको कुनै योगदान नरहेको र उनी गणतन्त्र र संघीयता विरोधी भन्दै प्रदर्शन गरिएको र ‘केपी ओलीले गणतन्त्र स्थापना गर्नु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्थे’, भने अभिव्यक्ति दिएकाले सांकेतिक रूपमा बयलगाडा कुदाएका हो ।


















