भद्रकालीमा बस पल्टियो

5.79K
shares

काठमाडौँको भद्रकाली नजिकै बस दुर्घटना भएको छ । बिहीबार बिहान ७ः५५ बजे भद्रकाली नजिकै रहेको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस सडकमा पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बसमा सवार तीन जनामध्ये चालक र एक जना बच्चा गरी दुई जना घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बसमा सवार अर्का एक जना सम्पर्कमा नभएको र प्रहरीले उनको खोजी गरिरहेको छ । बस दुर्घटनापछि केही समय सवारी आवागमन अवरुद्ध भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083