नियमित योग गर्ने बानी बसालौं

10.6K
shares

मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।

छैटांै राष्ट्रिय योग दिवसका अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन् ।

योगाभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ ।” योगले शरीर र मष्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले योगको प्रचारप्रसार गरेर आम नागरिकसम्म यसको उपयोगिताका बारेमा जानकारी गराउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका प्रमुख डा कोपिला अधिकारी, पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद वस्ती, डा चन्द्रकान्त ज्ञवालीलगायतले योगको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

क्याम्पस भवनको शिलान्यास
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला क्याम्पसले निर्माण गर्न लागेको नयाँ भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।

वाग्मती प्रदेश सरकारको रु ४० लाखको लागतमा निर्माण हुन लागेको सो भवनको वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिलान्यास गर्नुभएको हो ।सो अवसरमा प्रदेशसभा सदस्य लम्सालले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि सुविधासम्पन्न भवनले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

क्याम्पसको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर वृद्धिका लागि क्याम्पस परिवारले विद्यार्थीलाई आकर्षण गराउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले शैक्षिक गुणस्तर वृद्धिसँगै आकर्षक वातावरण निर्माणका लागि प्राध्यापक, अभिभावक र समाजसेवीलगायत सम्बन्धित सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

क्याम्पस प्रमुख जयराम अधिकारीले शौचालयसहित तीनकोठे एकतले भवन निर्माण हुने बताउनुभयो । यसअघि पनि क्याम्पस भवन मर्मतसम्भारका लागि प्रदेशसभा सदस्य लम्सालको पहलमै प्रदेश सरकारले पहिलो वर्ष रु २० लाख र गत वर्ष रु ३० लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083