जलजला गाउँपालिका, मल्लाज पर्वत निवासी शिक्षक इन्द्र बहादुर बिकको नालिबेली पर्दाफास

10.15K
shares

जलजला गाउँपालिका, मल्लाज पर्वत निवासी  शिक्षक नामबाट कहलिएका बिधालयमा हाजिर हुने अनि आफ्नो स्वार्थमुलक काममा जाने गरेको तथ्य खुल्न आएको छ ।

बिध्यालयको काम छोडेर मुद्दा मामिलामा जादैं शिक्षक इन्द्रबहादुर विक

आफ्नै दाजुभाई, ईस्टमित्रसँग रक्सी खाने अरु सँग झगडा गर्ने गरेको कुरा तथ्य प्राप्त भएको छ ।

झगडा भैसकेपछि सक्दो आफुले गर्ने नसकेपछि आफ्नो टाउको आफै फोड्ने त्यसपछि मलाई फलानोले टाउको फोड्दियो भनेर केश हाल्ने अनि पञ्चायत राखेर मेलमिलापमा जाँदा पैसाको बार्गेनिङ गर्ने गरेको पनि जानकारीमा आएको छ ।

हालः हाईटेन्सन लाईन ईन्द्र बहादुर बिक अनि उनकै माईलो दाई बम बहादुर बिकको घर छेउबाट गएको र बम बहादुर बिकको जग्गामा हाईटेन्सन लाईनको टावरको एउटा खुट्टा परेको छ ।

बम बहादुर बिकले आफ्नो जग्गामा खुट्टा परेको भएपछि उनले पैसा पाए । शिक्षक इन्द्र बहादुर बिकले मैले पनि केही पैसा पाउनुपर्छ भनेर झगडा गरेपछि पर्वत जिल्लामा केश परेको थियो । त्यहाँ इन्द्र बहादुरको माईलो दाई बम बहादुरले मुद्धा जितेपछि ईन्द्र बहादुरले अनेक षडयन्त्र गरी समाचार दिएको भनी शंका उपशंका पनि गरियो ।

हाईटेन्सन लाईनको तार तान्ने रसी लगायतका औजारहरु हराएपछि कालिगण्डकी करिडोरका ईन्चार्ज केदार रेग्मीले पर्वत बेनी प्रहरी चौकीमा उजुरी भएको थियो । उजुरी भए पश्चात खोजतलासका लागी पर्वत बेनीको प्रहरी, जललजा वडा नं. २ का सदस्य नहलसिंह कार्की, भद्र भलादमी प्रेम बहादुर अधिकारी लगायतका मानिसहरु गई खोजतलास गर्दा शिक्षक इन्द्र बहादुर बिकको कौशीमा भेटिएको थियो । भेटिए पश्चात पर्वत बेनी प्रहरी चौकीमा स्पस्टीकरणको लागी बोलाईयो ।

त्यसपछि प्रहरी चौकीमा बृहत छलफल भयमे । छलफलमा ईन्द्र बहादुर बिकले म शिक्षक हुँ, म सरकारी जागिर खाएको हुँ, म राजनितीमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ म्याग्दीको बरिष्ठ उपाध्यक्ष हुँ, मेरो ईज्जतको सवाल छ मेरो घर परिवारको नाममा राखिदिनुहोस् , म नभएको बेला त्यो सामान मेरो घरमा घरपरिवारले लिएर राखेछन् ।

मिलाईदिनुहोस् भनेपछि पर्वत बेनी प्रहरी चौकीमा त्यही अनुसार उजुरी दर्ता भई लिखित रुपमा सामान्य मेलमिलाप भएको थियो ।

यो मुद्धा भन्दा अघि पनि साना ठुला मुद्धाहरु पर्वत अदालत र प्रहरी चौकीमा धेरै मुद्धाहरु परेका थिए । अहिलेपनि हाईटेन्सन लाईनको मुद्धा सकिएको छैन भन्ने कान्तिपथ डटकमले पत्ता लगाएको छ ।

साथै यस मुद्धाका प्रत्यक्षदर्शी तथा साक्षीहरुलाई समेत ज्यान मार्ने धम्की दिदै म्याग्दी अदालतमा साक्षीको रुपमा जान नदिएको, डर त्रास देखाएको कुरा पनि पत्ता लगाईएको छ । जो चोर उसैको ठुलो स्वर जस्तो इन्द्र बहादुर बिकले गरेका छन् । ईन्द्र बहादुर बिक अहिले पानी माथीको ओभानो बन्ने कोसिस गरेका छन् ।

तर सत्य तथ्य कुरा पत्ता लगाउदा पनि अरुलाई ज्यान मार्ने धम्की दिएर आफैले जित्न खोजेको कुरा कान्तिपथ डटकमले पत्ता लगाएको छ ।

साथै गाउलेहरु र साक्षीहरु सबैलाई ईन्द्र बहादुर बिक र उनका दुई छोराहरु बिकाश बिक, बिशाल बिकले ज्यान मार्ने धम्की दिएको कुरा पनि खुल्न आएको छ ।

गाउमा पनि केही हुँदा ३ बाउ छोराले हसिया, खुकुरी झोलामा लिएर हिड्ने गरेको कुरा पनि सुन्नमा आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083