केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगिसके- प्रचण्ड

9.65K
shares

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगिसकेको बताएका छन्।

केही दिनअगाडि दरबारमार्गमा आयोजित सभामा मुश्किलले ३५ हजार मानिस मात्रै उपस्थित रहेपछि ओली रक्षात्मक अवस्थामा पुगेको प्रचण्डको दाबी थियो।

‘केपी ओली अब रक्षात्मक हुने अवस्थातिर गइसके,’ एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज गरेको कार्यक्रममा प्रचण्डले भने, ‘वातावरण विस्तारै सकरात्मक दिशातिर गयो। जनताले जित्नेतिर गयो।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन पुस ५ देखि आफूहरू विरोधमा उत्रिएको उनको भनाइ थियो।

माघ २८ मा काठमाडौंमा हुने जनप्रदर्शनलाई व्यापक बनाउन प्रचण्डले आफूनिकटका शिक्षकहरूलाई आग्रह पनि गरेका छन्।

‘बढीभन्दा बढी जनता उठाउने, किनभने केपी ओली अब रक्षात्मक हुने अवस्थातिर गइसके,’ उनले भने, ‘पहिला धाकधक्कु धेरै लगाए तर छिरलेर मानिस राख्दा पनि उनकै सेक्युरिटीले ३० हजार ३५ हजार भन्दा धेरै थिएनन् भन्यो।’

उनले एकतावद्ध भएर जनप्रदर्शनमा उत्रिन आग्रह गरेका छन्। लडाइँ जितेर आएपछि शिक्षकहरूका मुद्दा सुनुवाइ गर्ने पनि प्रचण्डले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083