निरंकुशताको पराकाष्ठा: झाँक्रीलाई पक्राउ पूर्जी जारी, राज्य विरुद्धको कसुर
वि.सं.२०७७ माघ २९ बिहीवार १३:०८
10.65K
shares
shares

काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीले उनलाई पक्राउ पूर्जी दिएको छ।
राज्यविरुद्धको कसुर, दफा ५८ अनुसार प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी दिएको हो।
यो दफामा बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्लाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने कसूरु उल्लेख छ। यस्तो कसूर गर्नेलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना या दुवै सजाय हुने उल्लेख छ।
झाँक्रीलाई पक्राउ गर्न उनकै निवास शंखमुलमा प्रहरी पुगेको छ। त्यहाँ ठूलो संख्यामा नेकपा कार्यकर्ता पनि जम्मा भएका छन्।झडपको स्थिति निम्तिएपछि प्रहरीले थप शक्ति थप गरेको छ।
































