फेरि प्रधानमन्त्री बन्छु, जिम्मेवारीबाट भाग्दिनँः देउवा
वि.सं.२०७७ फागुन १९ बुधवार १६:५१
8.7K
shares
shares

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँधमा जिम्मेवारी आए फेरि पनि प्रधानमन्त्री बन्ने बताएका छन्। चितवनमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै देउवाले जिम्मेवारीबाट नभाग्ने बताएका हुन्।
आफूले प्रधानमन्त्री पद नमागेको तर जिम्मेवारी आए त्यसबाट नभाग्ने उनको भनाइ थियो। ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’
उनले प्रधानमन्त्रीका लागि मरिमेट्न वा भाग्न नहुने बताउँदै भने–‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ।’




















