प्रमुख अतिथि बनेर भेलामा सहभागी हुन केपी ओलीलाई योगेश भट्टराईको निम्तो

13.96K
shares

एमाले नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन निम्तो दिएका छन् । नेपाल–खनाल समूहले ४ र ५ चैतमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीलाई निम्तो दिएका हुन् ।

ओलीले यसअघि बालुवाटारमा आयोजित चियापान कार्यक्रममा भेलामा नजर लगाउने र भेला गर्ने तथा सहभागी हुनेहरूलाई कारबाही गर्ने बताएका थिए । जवाफमा भट्टराईले नजर लगाउन मात्रै होइन प्रमुख अतिथि बनेर सहभागी हुन ओलीलाई निम्तो दिएका हुन् ।वक्तव्य:-


divya collage
unigloble collage