“उच्च शिक्षाका लागी आलाप दोहोरी घर” भन्ने मुल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ सुरु

14.25K
shares

“उच्च शिक्षाका लागी आलाप दोहोरी घर” भन्ने मुल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ को समुद्घाटन कार्यक्रम चैत्र १४ गते काठमाडौं स्थित चलचित्र बिकाश कम्पनी प्रा.लि.को भवनको माथिल्लो तला आलाप दोहोरी घरकै हलमा भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रम सोही प्रतीयोगिताका अध्यक्ष तथा गायक, संगीतकार, एरेञ्जर झलक संगीतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा वाणिज्य तथा आपुर्ती मन्त्री बिमला बिक रहेकी थिईन् ।

नेपाली मौलिक गीत संगीतको जर्गेना गर्नुका साथै नयाँ कलाकारहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना भएको सो प्रतियोगितालाई प्रमुख अतिथी वाणिज्य तथा आपुर्ती मन्त्री माननिय कमला बिकले रिवन काटी उद्घाटन गरेकी थिईन् । समुद्घाटन कार्यक्रममा लोकप्रिय गायक राजु परियारले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन चर्चित गायक, गायिका रेशम सापकोटा र पुर्णकला बिसीले गरेका थिए । कार्यक्रममा चर्चित कलाकारहरु, समाजसेबीहरु, पत्रकारहरु र गीत संगीतका शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । आलाप दोहोरी प्रतियोगिताको समुद्घाटन कार्यक्रमको मिडिया संयोजकको भुमिका प्रकाश बराईली “अभिब्यक्ति” ले निर्वाह गरेका थिए ।

आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ मा बिल्कुलै नयाँ भाका अनी फरक शैलीमा प्रस्तुत हुने र बिजेतालाई रु.२ लाख पुरस्कारका साथै नयाँ गीतको अडियो भिडियो खर्च गरिदिने सोही कार्यक्रमका अध्यक्ष झलक संगीतमले जानकारी गराएका छन् । सोही कार्यक्रमकी प्रमुख अतिथी माननिय कमला बिकले गीत संगीतको बिकाशको लागी जे पनि गर्न तयार रहेको बताउदै संगीत बिकाश बोर्डको स्थापनाका लागी नेपाल सरकार सँग सक्दो पहल गर्ने प्रतिबद्धता गर्दै आलाप दोहोरी प्रतियोगितालाई आफुले सक्दो सहयोग गर्ने बाचा गरेकी छिन् ।

आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ मा निर्णायकहरुको रुपमा राजु परियार, बिष्णु खत्री, पशुपती शर्मा, रामजी खाँण, नवराज घोरासैनी, रेशम थापा, ईन्दिरा गोले, देबी घर्ती, टिका पुन, मञ्जु पौडेल, खुमन अधिकारी लगायत रहेका छन् भने यस प्रतियोगिताको कार्यक्रम अवधीभर सञ्चालकको रुपमा रेशम सापकोटा, पुर्णकला बिसी, कुल बहादुर ओली, टिका सानु रहने छन् । आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ करिव ९ महिना सम्म सञ्चालन रहेको कुरा आयोजक पक्षले जनाएको छ ।

यस प्रतियोगितामा ४ वटा समुह सगरमाथा हिमाल, कञ्चनजंगा हिमाल, धौलागिरी हिमाल र अन्नपुर्ण हिमाल रहने जानकारीमा आएको छ । लोक संगीतको बृहत्तर विकाशका लागी सधै नै अनवरत रुपमा लाग्ने प्रतीबद्धता ब्यक्त गर्दै प्रतियोगीहरुलाई नयाँ भाका सिकाएर आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ मा प्रतिस्पर्धा गराउने कुरा अध्यक्ष झलक संगीतमले बताए । साथै यो प्रतियोगिता मात्र नभएर बिधालय जस्तो पनी हो र धेरैले धेरै कुरा सिक्न पाउने छन् भन्ने कुरा झलक संगीतमले जानकारी गराए । यस प्रतियोगिताको हाम्रो तर्फबाट सफलताको लागी अग्रिम शुभकामना ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083