बैतडीका माटाे खाने टुहुरा दलित बालिकालाई दक्षिण कोरियाबाट संकलित रकम हस्तान्तरण

18.66K
shares

भोक लाग्दा माटो खाने टुहुरा बालिकाहरुलाई दक्षिण कोरियामा संकलित रकम हस्तान्तरण गरिएको छ।
बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा दलित बालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।

१० वर्षीया सविता, ९ वर्षीया सुनिता र ५ वर्षीया मिला एकैपरिवार का टुहुरा दिदीबहिनी हुन् ।

भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् भन्ने खबर सुनेपछि नेपालको धरान घरभएका दक्षिण कोरियामा कामको शिलशिला बसोवास गर्दै आएका शन्तोष विकको पहलमा काेरियामा बसोवास गर्दै आउनु भएका सहयोगदाता मनहरूले सहयोग गरेर नेपाली रुपैयाँ रु. ६५ हजार रूपैयाँ जम्मा पार्नु भएको थियो ।

उक्त रकम हस्तान्तरण गर्नका लागि दक्षिण कोरियाबाट शन्तोष विकले पूर्वी रुकुम जिल्ला घर भएकी उत्पीडित फोर्स नेपालमा आवद्ध सिर्जना गहतराजकाे बैंक खातामा जम्मा गरेर उक्त रकम हस्तान्तरण गरेको हाे ।

तर उनिहरू केही खर्चको लागि ६५ हजारबाट ७ हजार माटो खाने टुहुरा बालिकाकी आमा हिरा दमाईलाई हस्तान्तरण गरिएको छ। बाकीं रकम भने बालिकाहरूको बैंक खाता खोलेर जम्मा गर्ने उनले भनिन् । विपन्न दलित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओ छ्याउने थप कपडा छैन ।

दलित भएकै कारण अन्य समुदायका मानिसले बालिकालाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । कहिले काहीँ एक÷दुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083