पुर्वमन्त्री डा. लामाको नेत्वृवमा सिन्धुपाल्चोकमा गुम्बा पुनर्निर्माण गर्न प्राधिकरण र निर्माण कम्पनी बिच सम्झौता सम्पन्न
वि.सं.२०७७ चैत १८ बुधवार १०:३४
shares

काठमाडौ। मंगलबार राष्ट्रिय पुननिर्माण प्राधिकरणले खोलेको प्रस्ताव अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीलाई गुम्बा पुनर्निर्माण गर्ने प्रस्ताव गरदै राष्ट्रिय पुननिर्माण प्राधिकरण र निर्माण कम्पनी बिच सम्झौता भएको छ ।
महाभूकम्प गएको करिब ५ वर्ष पछि सिन्धुपाल्चोकका गुम्बाहरु उठ्ने पक्का भएका हुन् । सिन्धुपाल्चोक जिल्लाको पुरातात्विक महत्वका एवं पर्यटकिय क्षेत्रका रुपमा रहेका धार्मिक सम्पदाका गुम्बाहरु हेलम्बु गाउँपालिका १ र २ अन्तर्गत रहेको प्राचीन ऐतिहासिक पुरात्वतिक महत्त्वका चिरी घ्याङ , तर्केघ्याङ, सेर्माथाङ घ्याङ, मेलम्ची घ्याङ , सुली घ्याङ पुनर्निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण र निर्माण कम्पनी बिच सम्झौता भएको हो ।
सिन्धुपाल्चोक जिल्लाका धेरै गुम्बाहरु ७२ साल बैशाख १२ गतेका भुकम्प र त्यसको पराकम्पनले पुर्णरुपमा जीर्ण रहेका छन् ।
जीर्ण गुम्बा पुनः निर्माण गर्न पुर्व मन्त्री तथा धर्मगुरु प्रथम योल्मो खेन्पो छिमे छिरिङ, माननीय संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको नेतृत्वमा करिब ५ वर्षको अथक सक्रिय मेहनत र समन्वय बाट भारत सरकारको सहयोग र नेपाल सरकारको समन्वयमा सिन्धुपाल्चोक जिल्लाका झण्डै आधा दर्जन जीर्ण गुम्बाहरु पुर्ण निर्माण लागेका हुन् ।
गुम्बा पुर्नः निर्माणमा भारत सरकारको प्रतिनिधि र नेपाल सरकारको राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोगका प्रमुख बिच औपचारिक समझदारी पत्रमा हस्ताक्षर गर्दै ऐतिहासिक गुम्बा पुर्नः निर्माणको सम्झौता सम्पन्न भएको हो ।
पूर्वमन्त्री डा. लामाले आफ्नो र धार्मिक गुरुहरुको अथाह प्रयास र सक्रिय मेहनत पछि गुम्बाहरुको पुर्नः निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्दै भारत सरकारलाई विशेष धन्यावाद र राष्ट्रिय पुननिर्माण प्राधिकरण प्रति आभार प्रकट गरेका छन् । पूर्वमन्त्री डा.लामाले गुम्बा जन्म देखी मुत्यु सम्मको जीवन सगं सम्बधित भएकाले निर्माणमा कुनै पनि कुराको कमि नहुने गरि निर्माण गर्ने निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन् ।
सिन्धुपाल्चोकका जीर्ण गुम्बाहरुको पुर्नः निर्माण तथा सम्बर्द्धनले सिन्धुपाल्चोक जिल्लाको समग्र पर्यटन क्षेत्रमा टेवा पुग्ने छ भने धार्मिक पर्यटन क्षेत्रकोरुपमा विकास हुने पूर्वमन्त्री डा. लामाले बताए ।
गुम्बा विकास तथा पुर्नः निर्माणमा भारत सरकारको सहयोगले नेपाल भारत सरकारको बिचमा थप सम्बन्ध सुधार तथा मजबुद हुनेमा आम जनसमुदायको विश्वास रहेको भन्दै अब बन्ने सिन्धुपाल्चोका गुम्बाहरु नेपालको नमुना गुम्बाको रुपमा विकास हुनेमा पुर्वमन्त्री डा. लामाले विश्वास समेत व्यक्त गरेका छन् ।

































