भक्तपुर क्यान्सर अस्पतालका निलम्बित चिकित्सकले गरे कार्यालय तोडफोड

8.98K
shares
भक्तपुर क्यान्सर अस्पतालका निलम्बित कर्मचारी डा. ऋषिकेश नारायण श्रेष्ठको नेतृत्वको टोलीले नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर शाखाको कार्यालय कक्षको ताला फोडेर महत्वपूर्ण कागजपत्र नष्ट गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेकै बेला डा. श्रेष्ठसहित केही चिकित्सकहरु र प्रशासनका केही कर्मचारीहरुले अस्पतालको प्रशासनिक भवनको माथिल्लो तलामा रहेको नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर शाखाको कार्यालय कक्षको ताला फोडेर महत्वपूर्ण काजगपत्र नष्ट गर्नुका साथै फर्निचरहरु समेत तोडफोड गरेका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था ,भक्तपुर शाखाले संक्रमणकालीन अवस्थामा चिकित्सक जस्तो गरिमामय एवं सम्मानित व्यक्तिहरुको यस किसिमको जघन्य अपराधको शाखा निन्दा गरेको छ ।

शाखाका सभापति श्रीधर राठौरले सुक्रबार साँझ विज्ञप्ती जारी गर्दै घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । उनले निन्दनीय कार्य गर्ने संस्थाकै हितविपरीत लागेको पाइएकाले निजहरुलाई नियमानुसार कारबाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

शाखाले कार्यालयको ताला फोड्ने र महत्वपूर्ण कागजात नष्ट गर्ने चिकित्सकहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरका उजुरीसमेत दिइसेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083